संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले नेपालको झण्डा लाई लिएर बहस हुनुपर्छ भन्ने धारणा सामाजिक संजाल फेसबुक मार्फत राख्नुभएको छ

अध्यक्ष लिङ्देन ले लेख्नुभएको स्टाटस

झण्डाको बारेमा बहस हुनै पर्छ ,

किनकी राजतन्त्र हट्यो ,गणतन्त्र आयो ,
रास्ट्रिय गान परिवर्तन भयो ,धर्मनिरपेक्षता र संघीयता लागु भयो

तर समुदायलाई नै इंगित गरेर बाहुन क्षेत्री शरणार्थी यो ,बाहुन क्षेत्रीलाई खेदन पर्छ भन्ने कुरा गलत ,अराजनीतिक कुरा हो |
आदिबासीले बाहुन क्षेत्री खेदने ,बाहुन क्षेत्रीले आदिबासी खेदने कुरा वाहियात ,हासोलाग्दो र घिनलाग्दो कुरा हो |
२१औ शताब्दीमा यस्तो हासोउठदो कुराहरुलाई राजनैतिक एजेन्डा बनाउनु हुदैन ,
बाहुन क्षेत्रीले आदिबासीको रौ पनि हल्लाउन सक्दैन र आदिबासिले पनि बाहुन क्षेत्रीको रौ पनि हल्लाउन सक्दैन र सक्नु पनि हुदैन ,

यसरि समुदायलाई नै इंगित गरेर राजनीतिक एजेन्डा बन्नु हुदैन ,

तर फेरिपनि देशभित्र आफ्नो अधिकारको लागि अन्तिम श्वास रहिन्जेल लडाई जारि रहन्छ ,
लिम्बुवान लगायत १० +१ प्रान्तको लागि आफ्नो लडाई निरन्तर जारि रहन्छ ,

हामीले बारम्बार भनेका छौ -गोलमेच सम्मेलन गरिनु पर्छ ,
उक्त सम्मेलन मा झन्डा ,गाइ /गोरु ,१०+१ प्रान्तको बारेमा सहमति खोज्ने कोसिस गरिनु पर्दछ |
सह -अस्तित्व ,सहमति ,गोलमेच सम्मेलन हरु नै हो नेपाली राजनीतिको निकास बिन्दु ,
बाहुन नेताहरुको भ्रस्टटा ,अकर्मन्यता को जमेर बिरोध गर्ने ,गरिन्छ तर बाहुन समुदायलाई नि सिध्याउने कुरा गर्ने हो भने हामी पनि अर्को खतरनाक बाहुन हुन्छौ |

जय लिम्बुवान ,जय १० +१ प्रान्त |

प्रतिक्रिया लेख्नुहोस्