युरोपा लिग फुटबलको उपाधि छैटौं पटक स्पेनिस क्लब सेभिल्ला ले जितेको छ । शुक्रबार राती भएको फाइनलमा इटालियन क्लब इन्टर मिलान लाई ३–२ ले पराजित गरेर सेभिल्लाले उपाधि जितेको छ ।

सेभिल्लाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै इन्टरलाई खेलको ५औं मिनेटमै अग्रता दिलाएका थिए।खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभिल्लाका लागि लुक डी जोङले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुऱ्याए ।खेल सकिन १६ मिनेट मात्र बाकी रहदा डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो।

सेभिल्लाले युरोपा लिगको इतिहासमा फाइनल खेलेको यो छैटौं पल्ट हो र उसले कुनै पनि अवसरमा हार बेहोर्नु परेको छैन । सेभिल्लाले सन् २०१४–२०१६ बीच लगातार तीन पल्ट युरोपा कप जितेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्