अमिर माबो

बानेश्वर स्थित मिलनचोकका स्थानीय ले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको होस्टेल घेराउ गरेका छन्।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्का को नेतृत्वमा आएको टोलिले बुद्ध बोइज एण्ड गर्ल होस्टलका सञ्चालक रोहित राना लाई धक्याउँदै पचास साठी जनाको टोलीले होस्टेल घेराउ गरेका छन् ।

सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल मा ४ गते देखि ४ जना बस्न आएका थिए।

स्वास्थ्यकर्मी हरु बाट कोरोना सर्न सक्ने भन्दै होस्टेल घेराउ गर्ने , स्वास्थकर्मी लाई बाहिन निस्कन नदिने , होस्टेल मालिक लाई धम्की दिने , अपशब्द बोल्ने जस्ता दुव्र्यवहार गरेका थिए।

सामाजिक दुरि कायम नगरी हुल भएर आई स्वास्थकर्मी लाई दुर्ववहार गर्नु भनेको लज्जास्पद कुरा भएको छ।ज्यानको बाजी लगाएर कोरोना बिरुद्ध को लडाइमा खटिएका डाक्टर नर्स बिरुद्धमा यस्तो दुर्व्यवहार हुनुभनेको मानव मा मानवता हराउनु हो।

प्रतिक्रिया लेख्नुहोस्