बालन्द माबो

मिलन र बिछोडको गीतहरु बनी रहन्छ ।मायाँ प्रेममा कहिले मिलन हुन्छ कहिले बिछोड हुन्छ । त्यही मिलन पछीको बिछोड कति पीडादायी हुन्छ ।मिलनको मीठो पलहरुमा संग संगै मर्ने बाँच्ने बाचा गरेको प्रेमिकाले छोडेर गए पछी आहत दिल बाट केही शब्दहरु यसरी सृजना हुन्छ।

छोडी जान्न भन्थ्यौ सधैं तर आज छोडी गयौ।
चोटै चोट मलाई दियौ तिमी हाँस्दै टाढा भयौ।

जिवनको पहिलो गीत रेकर्डिङको तयारीमा रहेका गायक नरेन्द्र माबोको रोजाईमा परेको उनको पहिलो रेकर्डिङ गीतको यि पंतिहरुहुन। बालन्द माबोको शब्द संगीतकार मनिपाल राईको संगीत र उनै मीठो स्वरको धनी गायक नरेन्द्र माबोको स्वरमा यही गीत बाट संगीतिक यात्राहरु सुरु हुन्छ गायक नरेन्द्र माबोको।

पान्थर जिल्ला याङ्वारक गाउँपालिका थर्पु दारिम्बामा जन्मिएका गायक नरेन्द्र माबो सानै उमेर देखि गायक बन्ने सपना बोकेर मेहनत गर्न थाले।गाउँ घरमा गीत गाउदै हिड्ने नरेन्द्र आफ्नो सपना पूरा गर्न सानै उमेरमा झापा झरे झपालाई आफ्नो कर्म थलो बनाएर अनेक चुनौतिको सामना गर्दै संगीत सिक्न थाले । झापाकै केही स्टेज कार्यक्राममा गीत गाउने अवसर पाउन थाले पछी अझ थप उत्साह जाग्यो । अझ अगाडि बढ्न प्रेरणा मिल्यो।

पहिलो गीतको रेकर्डिङ पछी गाउँ घर साथी भाइ बाट राम्रो प्रतिकृया पाएका नरेन्द्र अलि फरक गीत रेकर्डिङ गर्ने योजनामा लागे ।

तिमी रुदा उ हाँस्छ भने हसाउन किन रुन्छौ।
टाढा हुदा खुसी हुन्छ भने किन नजिक हुन्छौ।
तिमी रुदा रोई दिने तिमी हाँस्दा हासी दिने ।
जसलाई मायाँ गर कोहि होला तिम्रो दु:ख बुझी दिने।

आफ्नो दोश्रो गीत बालन्द माबोकै शब्द संगीतकार कृस्न कुमार राईको सगीतमा किङ स्टुडियोमा रेकर्डिङ गरे। गीतको म्युजिक भिडियो नबनी निकै राम्रो प्रतीकृया पाएका गायक नरेन्द्र अहिले त्यही गीतको म्युजिक भिडियो ल्याउने तयारीमा लागेकाछन ।

आधुनिक गीत बाट गायन सुरुवात गरेका गायक नरेन्द्र केही समय पछी निर्माण हुने चलचित्रमा पनि आवाज दिन भ्याई सकेकाछन।
77 भाछ जिल्ला थपिएर दुई
तिम्रो पनि उई मया मेरो पनि उई
गीतकार दिनेश सुबेदि को शब्द संगीतकार सन्तोश प्रगाढको संगीत रहेको यस गीतमा गायिका पबित्रा गुरुङ र गायक नरेन्द्र माबोको आवाज सुन्न पाईने छ।

राम्रो मेहनत राम्रो तयारी गरेर गायन क्षेत्रमा आएकोले एक दिन सफल हुने आत्मा बिस्वासका साथ निरन्तर संगीतमा लागि रहने गायक नरेन्द्र बताउछन।

भिडियो:

प्रतिक्रिया लेख्नुहोस्