याङ्वारकमा सामान्य बिबाद हुदा महिला माथी बोत्तल प्रहार ,बोत्तल प्रहार बाट घाईते महिलाको अहिले फेदेनमा उपचार भईरहेको छ।

पान्थर याङवरक ५ दारिम्बा बालकेन्द्र चोकमा सनिबार साझ भेट भएका कर्ण मंग्राती र कुमारी माबोको समान्य बिबाद भएको थियो।बिबाद चर्कदै जादा कर्ण मंग्रातिले बोत्तल टिपी कुमारी माबोको निधारको एका पट्टी कडा प्रहार गरेका थिए ।बोत्तल प्रहार भए पछी निधारमा गहिरो चोट लागेको थियो। घटना लगतै स्थानिय छिमेकीले कुमारी माबोलाई थर्पु मेदिबुङ हस्पिटल पुर्याएका थिए,तर चोट गहिरो लागेको कारण थर्पु बाट फेदेन रेफर गरिएको थियो।अहिले कुमारी माबोको फेदेन पाथिभरा अस्पतालमा उपचार भईरहेको छ।

घटना पछी थर्पु प्रहरी चौकीले दोशी कर्ण मंग्रातिलाई पक्राउ गरि अहिले सामान्य तारीकमा छोडेको छ। सामान्य बिबादमै बोत्तल प्रहार गरी गम्भीर घाईते बनाउने कर्ण मंग्रातिलाई सामान्य तारिकमा किन छोडियो ? या फेरि कार्बाही अगाडी बढ्छ यो भने केही खुलेको छैन।

प्रतिक्रिया लेख्नुहोस्