नेत्र कोइराला याङ्वरक

पान्थरको याङवरक गाउँपालिकाले बर्थ राजिस्ट्रेसन प्रणाली बाट (brs)बच्चाहरुको अभिलेख तयार गरि भर्खरै जन्मिएका बच्चा नवजात शिशुहरुको जन्मे पछी दिईने जन्म प्रतिबेदन सुरु गरेको छ।

कार्यपालिकाको नितिगत तथा सरकारको कार्यक्रमको आधारमा राष्ट्रीय परिचय पत्र तथा पन्जिकरण भिभागको नियम अन्तरगत याङ्वरकको बर्थिङ सेन्टर भएका वडाहरु बाट तथा पालिका बाट पनि इन्टेरनेटको माध्यम बाट यो सेवा उपलब्ध गराउन थालिएको छ ।

याङवरक गाउँपालिकामा ५ ओटा बर्थिङ सेन्टरहरु बाट १६ , थर्पु स्वास्थ्य चौकी बाट ५, नागी स्वास्थ्य चौकी बाट ३ , च्याङ्थापु स्वास्थ्य चौकी,फलैचा र ओयाम बाट १/१जना शिशुलाई जन्म प्रतिबेदन दिई सकिएको छ।

याङवरक गाउँपालिकालाई पान्थरको पहिलो अनलाईन (brs) बर्थ रजिस्ट्रेसन सिस्टम घोषणा गर्न पन्जिकरण बिभाग बाट बाँकिनै रहेको छ।यस (brs) प्राणाली बाट बच्चाहरुको बिबरण सुरक्षित रहने घटना दर्ता संग सहज,इ गभरमेन्ट रिपोर्टिङ्को कार्यमा सहयोग,छिटो र छरितो रहने मासिक रिपोर्ट सहज हुने भएकोले यो सेवा बर्थिङ सेन्टर भएका स्वास्थ्री चौकी बाट लिन सकिने छ।

प्रतिक्रिया लेख्नुहोस्