पान्थर, याङ्वरक
अमिर माबो

पान्थर, फेदेन नगरपालिका वडा नं. २ ओदेन डाँडामा राखिएको त्रैभाषिक स्वागत बोर्ड बिहिबार बिहान ५ः०० बजे तिर लडाएको छ।

त्रैभासिक बोर्ड मा “फेदेन बजारमा हार्दिक स्वागत छ” भनेर अङ्ग्रेजी, नेपाली र लिम्बु भाषामा लेखिएको थियो। उक्त बोर्ड किरात याक्थुङ चुम्लुङ फेदेन नगर समिती ले राखेको थियो।

सुनियोजित रुपमा संकीर्ण जातिवादी र साम्प्रदायिक तत्वहरूले याक्थुङ समुदाय माथी प्रहार गरी माङगेन्ना चोःत्लुङ ढाल्नु हो भनी पान्थर को विभिन्न याक्थुङ समुदाय मा सम्बन्धित संघ संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

सुनियोजित रुपमा याक्थुङ समुदाय माथी गरेको प्रहार लाई घोर भत्सर्ना गर्दै यस्तो कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन प्रशासन समक्ष माग गरिएको छ।साथै अबको दिनहरु मा यस्तो कार्य नरोकिएमा आपराधिक कार्यमा संलग्न आफै जिम्मेवारी हुनुपर्ने छ भनी चेतावनी सहित विज्ञप्ति निकालिएको छ।

विज्ञप्ति मा  “नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुकको यथार्थलाई नेपालको संविधानले स्वीकार गरिसकेको अवस्थामा सबै जात जातिहरू बीचको सामाजिक सहिसुष्णुता, आपसी सदभाव र साँस्कृतिक सहअस्तित्वले नै हामी बीचको एकतालाई बलियो बनाउँछ र यो नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सौन्दर्य पनि हो । हाम्रो रास्ट्रिय सम्पदाहरू नै हाम्रो चिनारी र गौरवको विषय हुन् । यसको संरक्षण र विकास गर्ने कर्तव्य समुदाय र राज्यको हो । नेपालको संविधान (२०७२) ले आफ्नो भाषा र संस्कृतिको संरक्षण गर्ने हक सबैलाई दिएको छ । सबै आदिबासी समुदायले आफ्नो मूर्त तथा अमूर्त साँस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने सचेत प्रयत्नहरू थालेका छन् । भाषिक, साँस्कृतिक तथा ऐतिहासिक हिसाबले पनि परापूर्वकालदेखि बसोबास गर्दै आएका समुदायको पहिचानसंग सम्बद्व हुन्छन् । आफ्नो ऐतिहासिक मौलिक नामहरू नै कायम गर्नुपर्ने जायज माग गरेर याक्थुङ समुदायले आफ्ना आवाजहरू बुलन्द गरिहेका छन्” । भनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्