A view of Phidim, district headquarters of Panchthar, as seen from Ramite danda in Phidim Municipality-2, on Thursday, November 23, 2017. Photo: RSS

पान्थर, याङ्वरक

पान्थर फेदेन को जिल्ला अस्पताल लाई उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात एवंम सहरी विकास मन्त्री बसन्त कुमार नेम्वाङको पहलमा अस्पतालमा दस शय्याको आइसियु साथै पाँच भेन्टिलेटर जडानका लागी बजेट विनियोजन भएको छ।

पान्थर सहित पूर्व को ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाको सेवाग्राही हरुमा लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावश्यक रहेकाले सङ्घीय सरकारबाट उक्त बजेट विनियोजन गरेको हो । यस बजेट कार्यान्वयनका लागि अख्तियारी खटाएको र कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पुग्ने मन्त्री नेम्वाङ को भनाइ रहेको छ।

जिल्ला अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने जिम्मेवार पाएको छ । हाल २० शय्याको अस्पताल लाई ५० शय्या मा रूपान्तरण भइरहेको छ । त्यही अनुसार नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आइसियु र भेन्टिलेटर जडानका लागी बजेट प्राप्त भएपछि नयाँ भवन चाडै सम्पन्न हुने भनी जिल्ला समन्वय समिति पान्थरका प्रमुख एवंम जिल्ला अस्पताल सञ्चालक समितिका संयोजक विष्णुप्रसाद सापकोटाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्