एसईई काे रिजल्टमा अाफुहरुलाई नम्बर कम दिएको भन्दै एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले अाईतबार प्रधानाध्यापक र शिक्षकलाई कुटपिट गरेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा अाफुहरुलाई नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।
शिक्षकहरुले नम्बर कम दिएका कारण अाफुहरु माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक एक शिक्षकले बताए । तीनजना छात्रहरु सरासर कार्यालय कोठामा आएर पहिला हेडसरकाे मुखमा हिर्काएको र अर्का शिक्षकलाई पनि कुटपिट गएको उनले बताएकाे छ ।

विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ । मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठमासमेत चाेट लागेकाे छ भने अर्का शिक्षक भण्डारीको जिउमा धेरै ठाउहरुमा निलडाम छ । शिक्षकहरुले रिजल्ट सि आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै शिक्षकहरुकाे कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ छ ।

उक्त घटना पछि अहिले
दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् । उक्त बिद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजनाले अाफुहरुलाई कुटपिट गरेको शिक्षक दाहालले सुनाए । घटनाको बारेमा इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत जानकारी गराइएको बताईएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्