गोलकिपीङमा अब्बल महेन्द्र

170

१५ भाद्र, डेस्क । २०५२ साल कार्तिक १५ गते पाँचथर जिल्ला याङवरक गाउपालीका वडा नम्बर–५ साबिक थर्पू–६ दारिम्बामा जन्मिएका महेन्द्र सेवाको सानै देखि फुटबलर बन्ने सपना थियो । सपनाकै पछि पछि डौडिदै कागज, कपडा/झुम्राको गोल बनाएर खेल्दै स्कूले जीवन विते ।

प्रवासमा स्थानीय खेलमैदानमा अभ्यास गर्दै ।

विहान बेलुकी घरको काम, दिउसो स्कूल । कठिनले समय निकालेर साथीहरुसंग फुटबल खेल्थे । खेलमा गोलपोष्ट राम्रैसंगले सम्हाल्न सक्ने स्केल भएका महेन्द्र गाउँटोलमा हुने जुनसुकै प्रतियोगितामा पनि पहिलो रोजाईको गोलकिपरमा पर्थे । हरेकको सपना हुन्छन्, सपना देखेरमात्र नहुने रहेछ । कसैले देखेका सपना पुरा हुन्छन् त कतिको अधूरै रहन्छ । यसमा मुख्य कारण अधिकांसको आर्थिक अवस्थानै बन्न जान्छ । उनी पनि यस्मा अछुतो रहन सकेनन् । महिन्द्रको पनि आर्थिक अवस्थाले डोर्याएर युएईसम्म पुर्यायो । २ बर्षे युएई बसाईका क्रममा पनि एउटै कम्पनिमा काम गर्ने सहकर्मीहरुसंग मिलेर फुटबल खेल्थे । खाने मुखलाई जुगाले छेक्दैन भन्ने उक्तिलाई सत्य सावित गरे । ट्युटी गरेर थोरबहुत बचेको समयलाई सदुपयोग गर्दै फुटबलको अभ्यासमै व्यस्त हुन्थे ।

कतारमा आफ्नो टीमसंग महेन्द्र सेवा ।

युएई बसाईपछि आफ्नै देशमा केहि गरौंला अबको जीवन खेल क्षेत्रमै विताउला भन्ने सोचका साथ नेपाल फर्किए, धेरै प्रतियोगितामा सहभागिता जनाए । सफलता पनि उतिकै मिल्दै गए । गाउमा हुने साना ठूला सबै प्रतियोगिताबाट वाह वाही बटुले । वाह वाहीले मात्र जीवन धान्न गाह्रो भयो । फेरी कतारको भिसा लाग्यो । अहिले पनि कतारमा ट्युटी समय सकिए लगतै फुटबल बोकेर स्थानीय खेलमैदानमा अभ्यासमै रमाईरहेका छन् । प्रवासमा रहेका नेपाली लगायत विदेशीले गर्ने प्रतियोगितामा पनि उनी जुनसुकै टिमबाट पहिलो रोजाईकै गोलकिपरमा पर्छन् |

आफ्नो टीम(दारिम्बा फुटबल क्लब)का खेलाडीसंग महेन्द्र ।

अझैपनि सपना मरेको छैन, अब स्वदेश फर्किएर आफ्नो गाउको क्लबलाई गाउपालीका, जिल्ला हुदै क्षेत्रीयस्तरको बनाउने उनको लक्ष्य छ ।

प्रतिक्रिया लेख्नुहोस्