अमिर माबो
भदौ १६

सन् 2020 को सुरुवात भए संगै विश्वमा कोरोना नामक भाइरस चिनको वुहान बाट देखा परेको थियो ।सरुवा भाइरस भएको कारण विश्वलाई अछुतो राखेन।कोरोना भाइरस को कारण विश्वको अर्थतन्त्र मा असर गर्यो भने लाखौं मानिसको निधन भएको छ। पछिल्लो समय धेरै देशहरु मा रोकथाम भईसकेको छ भने केही देशमा अझै रोकथाम हुन सकेको छैन। नेपालमा दिनदिनै संङ्क्रमित सङ्ख्या बढिरहेको छ। संङ्क्रमित बिरामी निको भएर घर फर्किरहेका पनि छन् भने मृत्यु हुनेको सङ्ख्या नि बढिरहेको छ।

बिगत ६ महिना देखि विश्वब्यापि रुप मा फैलिएको कोभिड-१९ महामारी का कारण नियमित प्रसारण नभएको “सक्किगोनि” टेलिसिरेल सामान्य अवस्था भएपछि पुनः प्रसारण हुने भनी ” सक्किगोनी” टेलिसिरेल का लेखन/निर्देशक कुमार कट्टेल (जिक्री) र अर्जुन घिमिरे (पाडे सोल्टी) ले सामाजिक संजाल फेसबुक मा लेखेका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको लकडाउन साथै अत्यावश्यक भिडभाड नगरौं भनी आदेश जारी गरेपछी दर्शक श्रोताले सर्वाधिक रुचाएको हास्य टेलिसिरेल ” सक्किगोनी “ को छायांकन पनि रोकिएको थियो।

सामाजिक सन्जाल मार्फत, टेलिफोन मार्फत, प्रत्यक्ष भेटेर “सक्किगोनि” सिरियलको बारेमा चासो, चिन्ता र अपार माया व्यक्त गर्नु हुने सम्पुर्ण दर्शक श्रोताहरु प्रति आभार व्यक्त गर्दै महामारी लाई हामी सबै मिलेर सामना गरौं र आफु पनि बाचौ , अरुलाइ पनि बचाऔ! भनी सामान्य परिस्थिति हुना साथ नियमित प्रस्तुति लिएर आउने बाचा गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्