भाद्र, १६ याङ्वरकफोकस

नेपालले बंगलादेश संग ५० हजार टन युरिया मल सापटी ( पैँचो ) लिने बिषयमा दुई देश बीच छलफलको तयारी रहेको परराष्ट्र मन्त्रालय ले जनाएको छ।

प्रधानमन्त्री केपि ओलि छलफलका लागी तयार हुनुहुन्छ भने बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको समय नमिलेको कारण टुङ्गो भैसकेको छैन। दुवै देशबाट कुटनीतिक पहल गरि यसै साता मलको विषयमा टुंगोहुने भनी मन्त्रालयले जनाएको छ।

कृषि मन्त्री घनश्याम भुसालको पहलमा ढाकास्थित नेपाली दूतावास ले बंगलादेशको मल विभागसँग गरेको छलफलमा सकारात्मक जवाफ पाएपछि दुई देशका सरकार प्रमुखबीच छलफलको कुरा अगाडि बढेको छ। बंगलादेश ले ५० हजार टन नेपाल लाई पैँचो दिन तयार भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

छिमेकी मुलक चीन र भारतसहित ओमन, रसिया, साउदी अरब, बंगलादेश लगायतका मुलुकसंग तत्काल नेपालको गर्जो टार्न छलफल गरे पनि बंगलादेश मात्रै मल दिन राजी भएको छ।

भारतले नदिने तरखर भएपछी चीन सरकार ले मलको भाउ निकै महँगो भनेको भएर बाङ्लादेश संग अनुरोध गरेको भनी मन्त्रालय भनेका छन्।

प्रतिक्रिया लेख्नुहोस्