भाद्र १७, याङ्वरकफोकस

ताप्लेजुङ् जिल्ला फुरुम्बु निवासी दुर्गा बिष्ट भट्टराईको चट्याङ लागेर मृत्यु भएको छ।मंगलबार अपरान्ह पाँच बजे तिर चट्याङले लागेर भट्टराई घाइते भएकी थिइन् । जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा राती ८ बजे तिर दुर्गा बिष्ट भट्टराई को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङ सिरिजङघा गाउँपालिका -४ मा पनि चट्याङ लागेर पाँच जना घाइते भएका छन्। तेल्लोकका ३५ वर्षीय कुमार थेबे र १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान माबो , उनकी श्रीमती ४९ वर्षीय नरमाया माबो र ६ वर्षीय छोरा अतिप माबो घाइते भएका छन् । घाइतेको तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्