भाद्र १७, याङ्वरकफोकस

नेपाल सरकारले तोकिएको नियम विपरीत आज मलेसिया बाट १२:३० मा उडान भएको मालिन्डो एयरलाईन्स ले दुई जना RDT रिपोर्ट भएका र १३ जना PCR रिपोर्ट ७२ घण्टा नाघेको यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल मा अवतरण गरेको छ।उक्त एयरलाइन्स मा १३५ जना यात्रु रहेको थियो।

नेपाल सरकार को नियम अनुसार सम्पुर्ण यात्रु हरु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएको छ।

होटल क्वारेन्टाइनको लागी नेपाल सरकार ले तोकिएको होटल मा मात्र बस्नु पर्ने भएको ले यात्रुहरु ले सम्पूर्ण क्वारेन्टाइन खर्च एयरलाइन्स ले जिम्मा लिनुपर्ने भनी माग गरेका थिए।

यात्रुहरु को माग लाई नेपाली सेना, होटल व्यवसाय संघ र एयरलाइन्स ले छलफल गरि सम्पुर्ण होटल क्वारेन्टाइनको खर्च एयरलाइन्स ले नै बेहोर्ने भएको छ। अहिले एयरलाइन्स ले सम्पुर्ण यात्रुहरु लाई हिमालयन होटल को क्वारेन्टाइन मा राखिएको छ भनी उक्त एयरलाइन्स का यात्रु सबिन कुमार लोप्चन तामाङ ले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्