सुमन अधिकारी / याङवरक

भाद्र १८/ याङवरक गाउँपालिका भित्रकोो थर्पु, गणेशचोक, मुकुबुङ्ग बजारहरुमा अप्टिकल फाइवर इन्टरनेट संचालनमा आएको छ इन्टरनेट सञ्चालनमा आएसंगै सरकारी तथा निजि विद्यालय, संघसंस्था तथा व्यवसायी लाभान्वित भएका छन् ।

अरु इन्टरनेट भन्दा गुणस्तरीय, भरपर्दो र अत्याधिक स्पिड क्षमता रहेको भन्दै सो इनटरनेट प्रयोकर्ता थर्पु बजार निवासी राष्ट्रिय लोक गायक पुर्ण काम्बाङले खुसी ब्यक्त गरेका छन् ।

टेकमाइन्ड इन्टरनेट कम्पनीले संचालन गरेको फाइवर इन्टरनेट पाँचथर जिल्ला सदरमुकाम फिदिम बाहिरका बजारहरु रवि,यासोक, जोरपोखरी, गोपेटार, थर्पु, गणेशचोक लगायत अन्य बजारहरुमा पनि सोवा पुर्याइसकेको र भावि योजनामा थप जिल्ला भित्रका अन्य बजारहरुमा पनि सेवा विस्तार गर्दै जाने र यो इन्टरनेट भरपर्दो सुलभ र अत्याधिक स्पिड क्षमता रहेको इन्टरनेट कम्पनिका प्राबिधिक जीवन कुमार योङहाङले बताए ।

4 COMMENTS

प्रतिक्रिया लेख्नुहोस्