भाद्र १९, याङ्वरकफोकस

चार्टर उडान भन्दा नियमित उडानको भाडादर महँगो भएको भनी नेपाल आदिवासी जनजाती महासंघ, मलेसिया र विभिन्न संघ/संस्था भएर एक प्रेस विज्ञप्ति जारी गरिएको छ।

मलेसिया बाट नेपाल को लागी उडान भाडादर महँगो भएको कारण सरकारको सम्बन्धित निकाय लाई सम्पुर्ण संघ/संस्था द्वारा ध्यानाकर्षण गराएको छ।

चार्टर उडान भन्दा नियमित उडान महँगो हुनुमा सरकार विचौलियाको चगुंलमा फसेको त हैन ? भनी एकतर्फी प्रश्न गर्दै चाडो भन्दा चाडो उडान भाडादर घटाउन नेपाल आदिवासी जनजाती महासंघ, मलेसिया / नेपाल मगर संघ, मलेसिया / नेपाल तामाङ घेदुङ, मलेसिया / किरात राई यायोक्खा, मलेसिया / किरात याक्थुङ चुम्लुङ, मलेसिया / फोनिज, मलेसिया / थारु सेवा समाज, मलेसिया / माझी सेवा समाज, मलेसिया र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ, मलेसिया द्वारा प्रेस विज्ञप्ति मार्फत सम्बन्धित निकायलाई माग गरिएको छ।

कोरोना भाइरस को कारण समस्या परेका नेपाली नागरिक लाई नेपाल फर्कन सहज बनाइदिन र उडान को भाडादर घटाइदिन नेपाल सरकारको सम्बन्धित निकाय र सम्बन्धित सबैमा अनुरोध गरिएको छ विज्ञप्ति मार्फत।

विज्ञप्ति

प्रतिक्रिया लेख्नुहोस्