भाद्र २०, याङ्वरकफोकस

सरकारको प्रवक्ता समेत रहेका अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले संविधान बमोजिम उक्त पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यलयले शुक्रबार स्वीकृत गरेको छ।

उक्त दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपि शर्मा ओलीले सम्हाल्ने भनी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

खतिवडाले आफ्नो कार्यकालमा भएको उपलब्धिलाई मन्त्रिपरिषद्को शुक्रबार भएको बैठकमा समीक्षा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्