भाद्र २२याङवरक फोकस / गाउँ घरमा २०७५ साल दशैंको रौनक थियो । चाड पर्वमा यसै खुशी अझ धेरै खुशी यस कारण मिलेको थियो याङ्वरक “डि एफ सि” दारिम्बा फुटबल क्लब मोफसलकै एक उत्कृस्ट पुरस्कार रासी भएको निशान मेला फुटबल प्रतियोगिताको फाईनल पुगेको थियो।

निशान बजारको फुटबल प्रतियोगिताको अन्तिम दिन /अन्तिम खेल फाईनल भिडन्त साँझ तिर सुरु भयो। डि एफ सि भर्सेस मुकुबुङ हिलिहाङ । खेल सुरु हुनु अगाडि नरेश माबो म फेसबुक र युट्युब बाट लाईभ दिन अलि अग्लो कान्लामा बसेर तयारी थाल्यौ ।म्यासेजमा डि एफ सि फुटबल क्लबलाई जितको शुभकामनाको म्यासेज बुरुरु आउदै थियो।

खेल सुरु गर्न जिल्ला बाट आएका रेफ्री वसन्त राईले सिटि फुके । मैदानको वरी परी समर्थकहरुको ओइरो थियो ।साची भन्नू पर्दा मलाई यो खेल एल क्लासिको जस्तै लागेको थियो।एउटा गाउँको फुटबल प्रतियोगिता हेर्न यती धेरै दर्शक आहा । खेलमा जिल्ला देखि क्षेत्रीय स्तरको खेलाडिहरुको पनि सहभागिता थियो।खेल दारिम्बा फुटबल क्लबले हार्यो नतिजा मुकुबुङ हिलिहाङ्लाई सुम्पियो सारा याङवरक समर्थक दु:खी भए तर प्रतियोगिताकै  उत्कृष्ट खेलाडी घोसित भए डि एफ सि क्लबका १७ बर्षिय खेलाडी निर्मल तावा ।प्रतियोगिता भरी निर्मलको खेल अलौकिक थियो । डृबलिङ गर्न माहिर फर्वार्ड निर्मल आवस्यक पर्दा डिफेन्स लाइन सम्म झरेर खेल्न सक्ने खेलाडिमा पर्छन ।खेल सकिए पछी हारको पीडा बोकेका स्थानिय समर्थकले डि एफ सीको समर्थन र निर्मलको खेल हेर्नैकै लागि खेल अवधी भर काम छोडेर ४/५ दिन सम्म मैदान पुगेको बताए।

पान्थर याङवरक ५ साविक थर्पु ६ दारिम्बामा १७ बर्ष अगाडि जन्मिएका निर्मल सानै उमेर बाट फुटबलमा रुचि राख्थे । धान काटे पछी खाली भएको ठूलो टारमा गाउकै दाईहरुले फुटबल खेलेको कान्लामा बसेर हेर्ने, अनि खाली भए पछी एक्लै घन्टौ बल खेलाई रहने खाली पोस्टमा बल प्रहार गर्दै प्राक्टिस गरि रहने सानो तिनै निर्मलको खेल हेर्न आज काम छोडेर गाउँ गाउँ बाट दर्सक मैदान पुग्ने गर्छन।

निर्मल साची निर्मल छन कुनै स्वर्थ छैन अहिले आफ्नै गाउँको लागि खेल्दैछ्न ।आफ्नो गाउँ डि एफ सी क्लबलाई धेरै भन्दा धेरै उपाधी जिताउदै गाउँ स्तर बाट माथिल्लो स्तरमा पुर्याउने सपना बोकेकाछन ।अनि आफु पनि एक दिन राष्ट्रीय खेलाडी भएर मैदान उत्रने सपना देख्छन ।त्यसो त अरु क्लब बाट मौका नपाएका भने होइनन ।सिक्किमको एक क्लबमा एक सिजनको लागि अनुबन्धन नजिक पुगेका निर्मल कोरोनाले गर्दा लिग स्थागित भए पछी आफ्नो खेल कौसल देखाउन सिक्किम जाने मौका पाएनन।

विभिन्न प्रतियोगीताहरुमा प्रथम उपाधी डि एफ सीलाई जिताएका निर्मल अफै पनि आधा दर्जन प्रतियोगीताहरुमा बेस्ट प्लेयर भएर पुरस्कार हात पारी सकेकाछन।बिगतको खेलहरु सम्झदा निशान मेलाको फाईनल भिडन्तमा आफ्नै कमजोर रणनीतिका कारण हार्नु परेको क्षण दुखको क्षण भन्छ्न।

चर्चित फुटबलर लियोनल मेस्सी आफुलाई मन पर्ने खेलाडी मान्छन निर्मल ।त्यसैले उनी बार्सिलोनाको समर्थक हुन।बार्सिलोनाको खेल छुटाउन चाहदैनन,छुटे पनि खेल अपडेट हेरिरहन्छन । फुटबलमै करियर बनाउने योजना बनाएका निर्मल पढाई अनि फुटबल त्यो भन्दा बढी अरु तिर ध्यान मोडेका छैनन। अहिले सम्म खेलेको हरेक खेल र जितेको उपाधी हेर्दा एक दिन निर्मल क्षेत्रीय हुँदै राष्ट्रीय खेलाडी बनेर याङवरकको नाम राख्नेमा याङवरकबासी ढुक्क छन।

-बालन्द माबो/ याङवरक फोकस

निशान मेला खेलको केही तस्बिरहरु

 

 

 

 

 

प्रतिक्रिया लेख्नुहोस्