भाद्र २६/ चलचित्र निर्देशक ,कलाकार,लिम्बु गीत संगीत तथा संस्कृतिक अभियन्ता हाँस्य ब्याङ्यमा (फु?लेन्देको बाउ)नाम बाट चर्चित मौसम इम्बुङले फेसबुकमा एक स्टाटस लेख्दै अहिले चर्चामा रहेका गायक अमित राई जन्तरे मामलाई शुभकामना दिएकाछन। मौसमले स्टाटसमा जन्तरे मामा भाईरल गायक नभएर उनी एक गडगिफ्टेड परिपक्व गायक भएको उल्लेख गरेकाछन ।जन्तरे मामाको गीत फुलै फुलको सौगात तिमिलाई अहिले चर्चामा रहेको छ।
स्टाटस जस्ताको त्यस्तै

पाँचथर फिदिम,पेल्टिमारी ईलाम हुँदै अहिले मोरङ शनिस्चरेका स्थाई बासिन्दा पुराना गायक अमित राई ज्यु लाई भाईरल गायक नभन्दा उचित होला!

मैले बुझे अनुसार भाईरल भनिने प्रतिभा हरुको चर्चा सिमित अवधि सम्म मात्रै रहने रहने गर्दछ,
तर
अमित राई(जन्तरे मामा)त अहिलेको नेपाली सांगीतिक क्षेत्रमा रहने थोरै मात्रै सिनियर गायक गायिका भन्दा जुनियर गायक हुनुहुन्छ,उहाँको गायकी बाट के थाह लाग्छ भने उहाँ गडगिफ्टेड स्वरका धनी गायक हुनुहुन्छ,बस् मिडियाको नजरमा उहाँ नछाउनु भएको मात्रै हो,उहाँको गायकी बाट उहाँको कन्फिडेण्ट बाट के थाह हुन्छ भने उहाँ भाईरल सिंगर हैन सिनियर सिंगर हुनुहुन्छ,बस् उहाँको प्रतिभाको कदर मात्रै नभएको हो!

सामाजिक सञ्जाल बाट थाह भए सम्म उहाँ हरुको पारिवारिक समूह नै सांगीतिक माहोलमा रमाउने हुनुहुँदो रैछ,अझ उहाँले रियाज गर्नु पाउँदा कति राम्रो हुन्थ्यो होला?

उहाँ लाई खोजेर सञ्जाल सम्म ल्याईदिने सबैलाई म धन्यवाद नदिई रहन सक्दिन,अमित राई(जन्तरे मामा)ज्यु लाई शुभकामना दिनु भन्दा पनि बधाई चैं दिन्छु,कि ढिलै भए पनि तपाईंको प्रतिभालाई कदर गरियो!

तर तपाईंको जस्तो राम्रो गायक लाई अहिले खासै वास्ता गरिन्न,अहिले त ज्जद स्वरमा गित गाउने हरु पो भाईरल हुन्छन् त जन्तरे मामा!

भाईरल हुने हरु एकछिन तातिने हलुङ्गेको थाल जस्तो हो जुन् मिलिक्कै सेलाउछ पनि!
तर जन्तरे मामा हलोको फालि तात्तेको जस्तो हो!
ता………तो रहि रहनु होला!!
शुभकामना !!

म उहीँ जन्तरे मामाको गायनको शुभचिन्तक
मौसम ईम्बुङ लिम्बू
(फु?लेन्देको बाउ)
याङवरक पाँचथर नेपाल,हाल हङकङ चिन।
अमित राई जन्तरे मामाको गीत यस्तो छ।

 

प्रतिक्रिया लेख्नुहोस्