भाद्र २९, डेस्क । भाद्र २९ अर्थात् आज राष्ट्रिय बाल दिबस । ‘विपद्‌मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ देशभर भर्चुअल रुपमै मनाइँदै छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा याे दिवस मनाउन थालिएको हो । बाल दिवसकाे अवसरमा देशका विभिन्न संघ संस्थाहरूले विविध कार्यक्रमकाे आयाेजना गरेका छन् । काेभिड-१९ का कारण विगतका बर्ष झै प्रत्यक्ष कार्यक्रम भने गरिएकाे छैन ।

यसैबिच, बाल दिवसकाे अवसरमा १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शुभकामा ब्यक्त गरेका छन् । साेमबार बिहान आफ्नाे फेसबुक पेज मार्फत शुभकामना सन्देश दिदै स्वदेश तथा विदेशमा रहेका समस्त बालबालिका तथा अभिभावकहरूमा बधाई समेत दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्