भाद्र २९, याङवरकफाेकस । गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाउने एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदलतले आदेश दिएकाे छ।

आइतबार पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षक लागि थुनामा पठाउन आदेश दिएको हाे । म्युजिक भिडयाे बनाउन संलग्न आठ जना भने रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएकाे छ । छुटेका मध्ये ३ जना १५/१५ हजार धरौटी बुझाएर छुटेका हुन् भने अन्य साधारण तारेखमा छुटेका हुन् ।

भदौ १ गते एक युट्युव च्यानलमार्फत् ‘देशद्रोही’ नामक म्युजिक भिडियाे सार्वजनिक गरेका थिए । त्यस भिडियाेमा ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएका थिए । त्यसको चौतर्फी विरोध भएपछि प्रहरीले यसमा संलग्न गायक तामाङसहित नौ जनालाई पक्राउ गरेको हाे । उक्त म्युजिक भिडीयाे मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको थियो।

राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।
अदालतले यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्