भाद्र ३०, याङ्वरकफोकस । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार मा नियुक्त गरेकाे छ ।

डाक्टर खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। पुर्वअर्थमन्त्री खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री हुन नपाउने कानुन भएको कारण राजीनामा दिएका थिए। सरकारको प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी विशेष सल्लाहकार नियुक्त गरिएको हाे ।

 

प्रतिक्रिया लेख्नुहोस्