भाद्र ३१, याङ्वरकफोकस । नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल मंगलबार सकिए संगै उपकार्यकारी निर्देशक लेखनाथ कोइराला नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई कार्यकारी निर्देशकमा नियुक्ति गरेका हुन्।

अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई प्राधिकरण सम्हाल्ने जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्