बालन्द माबो/याङवरकफोकस

भाद्र-३१, बुधबार । शर्ट मुभी, म्युजिक भिडियो हुँदै बिनिसा लिम्बु सामाजिक चलचित्र ‘कथा औंशिको’सम्म आई पुग्दा नायिकाको भुमिकामा देखा परेकी छिन् । पाँचथरकाे याङवरक-४ मा जन्मिएकी लिम्बु केही समय देखी नेपाली कला क्षेत्रमा आफ्नो ठाउँ बनाउन संघर्षरत छिन् ।

सुटिङ्ग युनिटसंग बिनिसा लिम्बु । तस्वीर : याङवरकफाेकस

पहिला रहरले सर्ट मुभीहरु खेल्न थाले पनि पछि म्युजिक भिडियोमा अवसर पाएकी थिईन् । आधा दर्जन भिडियोहरुमा अभिनय गरिसकेकी लिम्बू पछिल्लाे पटक निर्माण भएको सामाजिक चलचित्र ‘कथा औंशिको’मा राम्रो सम्भावना बोकेका कलाकार अभिषेक लिम्बु, दिलमान बेघासंग अभिनय गरेकी छिन् । चलचित्रलाई मित्र लिङ्देनले निर्देशन गरेका छन् ।

नेपाली कला क्षेत्रमा लागेर सफल हुने सपना बोकेकी बिनिसा संसार भर फैलिएको कोभिड-१९ का कारण केही दिक्क छिन् । देश भर फैलिएको संक्रमणको कारण केही अवसरहरु गुमाएको स्विकार्छिन् ।

यसपटकको साताको तस्बिरमा कलाकार बिनिशा लिम्बु

प्रतिक्रिया लेख्नुहोस्