असोज-१, याङवरकफाेकस । गीतकार लक्ष्मी काम्बाङको मन छुने ‘तल है पर्यो काबेली खोला’ बाेलकाे गीत सार्वजनिक भएको छ ।

पुर्वको सुन्दर पर्यटकीय ठाउँहरुलाई समेटेर तयार पारिएको गीतमा हिलिहाङ दरबार, काबेली खोला तथा अमरपुरमा चैतमा लाग्ने रामनवमी बजारदेखि चतुरे बजारकाे पोखरीसम्म घुम्दै मायाँ पिरती गाँस्ने प्रण गरिएको छ। आगेजोङ गुम्बालाई साक्षी राखेर हाक्पारे ख्याली पालाम गाउदै सरर घुम्ने रहरहरु गीत मार्फत अभिव्यक्त गर्न खाेजिएकाे छ । गीतमा भएका मुकुबुङ बजारमा भेट्न आएर घरजम गरौ जस्ता शब्दहरुले जाे काेहीकाे मन छुन्छ।

काम्बाङकाे शब्द रचना रहेकाे गीतलाई सुनिता थेगिमले आवाज दिएका छन् भने कृष्ण कुमार राईले संगीत तथा राजु कार्किले एरेन्ज गरेका हुन् । गीतलाई गायिका सुनिता थेगिमकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे ।

बालन्द माबो/याङवरक फोकस

भिडियो

प्रतिक्रिया लेख्नुहोस्