असोज १, याङ्वरकफोकस । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईसँग नाता सम्बन्ध रहेको र अंश माग गर्दै  काठमाडौँ जिल्ला अदालतमा मुद्दा लगाएकी बालिका खड्काले फिर्ता लिएकी छिन्।

मुख्यमन्त्री राईले विवाह गर्ने आश्वासन दिई पटक पटक सम्बन्ध राखेको तर धोखा दिएको भन्दै खड्काले काठमाडौँ मुद्दा दायर गरेकी थिइन् । अरु व्यक्तिको उक्साहटमा मुद्दा दायर गरेको र फिरादपत्रमा गरिएको दाबी पुष्टि गर्ने आफूसँग ठोस प्रमाण नभएको भन्दै खड्काले बुधबार मुद्दा फिर्ताको लागी काठमाडौ जिल्ला अदालतलाई निवेदन दिएकी थिइन् ।

खड्काले दिएको निवेदन को आधारमा अदालतले मुलुकी देवानी कार्यविधि सांहिता २०७४ को दफा १९६(२) अनुसार मुद्दा फिर्ताको आदेश दिएको हाे ।

प्रतिक्रिया लेख्नुहोस्