असोज २, याङ्वरकफोकस । पाँचथर सदरमुकाम फिदिममा साँस्कृतिक पुनर्जागरण अभियान समिति गठन गरिएकाे छ । भाद्र ३० मा गठन गरिएकाे समितिले संस्थागत रुप लिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हाे ।

मधुराज केरुङको संयोजकत्वमा भएको भेलाबाट समिति गठन गरिएकाे हाे । उक्त भेलाबाट चङ कमाण्ड(मुल समिति)मा २२ र तुत्तु तुम्याङ(उप-समिति)मा १३ सदस्य रहने गरि समिति गठन गरिएकाे संयाेजक केरूङले जानकारी दिए ।

तुतु तुम्याहाङ र चङ कमाण्ड समिति

साँस्कृतिक पुनर्जागरण मुल समितिले कुनै पनि समुदाय, धर्म र सम्प्रदाय प्रति पुर्वाग्रह राख्न नपाउने, सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जालमा आफुखुशी जे सुकै पोष्ट गर्न नमिल्ने, गोपनियता भंग गर्न नपाइने लगायतका विभिन्न बुदामा आचार संहिता लागु गरेकाे छ । साथै अपभंश गरिएका स्थानको नाम सच्याउनका साथै विभिन्न कोणबाट भएको साँस्कृतिक अतिक्रमण रोक्न आपसी सामाजिक सद्भाव र सहिष्णुता कायम राख्दै राज्यसत्ताको औपनिवेशिकरण रोक्न र रैथाने साँस्कृतिक सम्पदाको अस्तित्व रक्षा गर्दै तिनको पुनःस्थापना तथा प्रबर्धन गर्न साँस्कृतिक पुनर्जागरण अभियान सञ्चालन गरिएको सम्मेलनमा बताइएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्