असोज २, याङ्वरकफोकस

२०७४ मंसिर १० गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट ७५३ मतले पराजित नेकपाका उपाध्यक्ष बामदेव गाैतम राष्ट्रिय सभाको सांसद भएका छन् ।

कांग्रेस नेता सञ्जय गौतमसँग बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित बामदेवलाई मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि बिहिवार गौतमले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम एक महिला सहित तीनजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था भएको हुनाले नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्