असोज ३, याङ्वरकफोकस । नेपालकाे संविधानले आफ्नाे माग समेट्न नसकेकाे भन्दै विभिन्न राजनीतिक दलका पार्टीहरुले विराेध जनाएका छन् । २०७२ असाेज ३ मा जारी संविधानलाई पहिचान विराेधी संविधान भएकाे भन्दै पाँचथरका विभिन्न राजनीतिक दलहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विराेध जनाएका हुन् ।

जनता समाजवादी पार्टी जिल्ला समन्वय समिती, सलोराम संघीय लिम्बुवान मञ्च जिल्ला कार्य समिति, संघीय लिम्बुवान पार्टी जिल्ला कार्य समिती र राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिती पाँचथरद्वारा जारी विज्ञप्तिमा नेपालकाे संविधान विभेदकारी, पहिचान विरोधी भएकाले संविधान संशोधन गरि पहिचान सहितको १०+१ प्रान्तको माग गरिएकाे छ ।

संयुक्त प्रेस विज्ञप्ति

संविधान घोषणा भए देखि नै विभिन्न पहिचान सहितको राजनीतिक पार्टीहरुले असन्तुष्टि र विरोध जनाउँदै आएका छन् । संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरूलाई सच्याउन र मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतका मुद्दा सम्बोधन गर्न नसकेको भन्दै असोज ३ गतेलाई कालो दिनको रुपमा लिईएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

1 COMMENT

  1. यहि ६ +१ =७ प्रदेशलाई थाम्नु हम्मे हम्मे परि रा बेला १०+१ केले थाम्नु घरै िपिच्छे नेता नेता पिच्छे पि ए सरकारि सेवा सुबिधामा । अनि स्थानिय सर्बसाधारणले चाहिँ के गर्ने खोया !

प्रतिक्रिया लेख्नुहोस्