“सिउँडी फल भरखरै नेपालमा प्रवेस गरेको सुपर फुट हो । यो फल छिटो बढने क्याकट (सिउडी) प्रजातीको लहरे बाली हो ।फल धेरै आकषक रंग मुखमा मिल्ने विलाउने गुदी कालो रङ्को स–साना तिलका दाना विउहरु भएको खाध्यतत्वको भन्डार समेत भएकाले यस फललाइ फलफुलको रानि फल पनि भन्ने गरिन्छ ।यो फल अन्डाकार पातलो छाला तथा कत्लाले ढाकेको जस्तो हुन्छ ।फल गाढा रातो रङ्को हुन्छ तर जात अनुसार पहेलो तथा कलेजि रङ्को हुन्छ ।यो फल रोपेको दोश्रो बर्ष देखि फल्न सुरु भइ ३ वर्ष पस्चात पुर्ण रुपमा उत्पादन दिन्छ र २०-२५ वर्ष सम्म उत्पादन लिन सकिन्छ । “
सिउँडी फल

नामः- ड्राइगन फुट

वैज्ञानिक नामः- Hylocereus spp. (हाइलोसिरियस इस्पेसिस)

परिवारः-  Cactaceae (क्याक्टसिएइ)

परिचयः-

सिउँडी फल भरखरै नेपालमा प्रवेस गरेको सुपर फुट हो । यो फल छिटो बढने क्याकट (सिउडी) प्रजातीको लहरे बाली हो ।फल धेरै आकषक रंग मुखमा मिल्ने विलाउने गुदी कालो रङ्को स–साना तिलका दाना विउहरु भएको खाध्यतत्वको भन्डार समेत भएकाले यस फललाइ फलफुलको रानि फल पनि भन्ने गरिन्छ ।यो फल अन्डाकार पातलो छाला तथा कत्लाले ढाकेको जस्तो हुन्छ ।फल गाढा रातो रङ्को हुन्छ तर जात अनुसार पहेलो तथा कलेजि रङ्को हुन्छ ।यो फल रोपेको दोश्रो बर्ष देखि फल्न सुरु भइ ३ वर्ष पस्चात पुर्ण रुपमा उत्पादन दिन्छ र २०-२५ वर्ष सम्म उत्पादन लिन सकिन्छ ।

सिउडी परिवारको यो फल विभिन्न ठाउँमा विभिन्न नामहरुले परिचित छ ।यस फल लाइ फुल्न तथा फल्नको लागि लामो दिनको आवस्यकता पर्दछ विश्वको ठुलो फुल र रात्रीमा मात्र फुल्ने  गुण भएकाले यसलाइ “रातकि रानि”, “नोवल ओमन”, डाइगन फल, पिथिया, नाइट प्युमिङ सिरियस ,बेली अफ द नाइट,इस्ट्रबेरि पियर तथा सिउडि फल आदि नामले पनि चिनिन्छ ।

प्रयोगः-

सिउँडी फल लाइ सजावटको लागि बगैचामा पनि लाउने गरिन्छ । H. undatus जातको कलिला तथा ताजा फुल लाइ तरकारिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ भने सुकेका फुल लाइ जाम, जुस, चिया तथा घरेलु औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।फल लाइ सलाद ताजा तथा जुस जाम वाइन आदि बनाउन सकिन्छ। यस फलमा प्रयाप्त मात्रामा भिटामिन सि हुने भएकाले यसको नियमित प्रयोगले रुधा खोकि, निमोनिया , काटेको तथा घाउ लाइ छिटै निको पार्न सहयोग गर्छ साथै शरिरको रोग सँग लडने क्षमता समेत वृद्धि गर्ने गर्दछ । यसमा Antioxident तथा विभिन्न आवस्यक Amino acid तथा कम क्यालोरि र बढि इनर्जि  भएको कारणले गर्दा वुढोउलिपन कम गर्न , शरिरका खराबतत्व हटाउन , मुटु सम्बन्धि रोगको लागि ,अनुहारको चमक बढाउन, Type-2 मधुमेह, खराव कोलिष्टोर,बिभिन्न प्रकारका क्यान्सरहरु लाइ  नियन्त्रण गर्न सहयोग गर्दछ ।

शारिरिक बनावटः-

सिउँडी  फल छिटो बढने बहुबर्षिय लहरे सिउडि प्रजातिको फल हो ।यसको कान्ड त्रिभुजकार हरियो नरम जोडीएको र धेरै हाँगा भएको ३ साना काँडा  भएको वा नभएको हुन्छ । कान्ड बाट जराहरु निस्किन्छ जसले सपोटको काम गर्ने गर्छ ।यो फल बहुदलिय सिउडि प्रजातिको फल हो जसको १२०-२०० जेनेरा र १५००-२००० प्रजातिहरु  लेटिन अमेरिकाको अर्ध मरुभुमि तथा गर्मि ठाँउमा पाइएको छ । सिउडि प्रजातिहरु बिशेष गरि सजावटको लागि प्रयोग गरिन्छ भने २५० प्रजातिहरुले मात्र फल दिने गर्दछन् जसमध्ये ड्राइगन फल ब्यावसायिक सिउडि फल मध्ये एक हो जसमा Hylocerous र selenicerus जेनेरा रहेका छन्।जसमध्ये Hylocerous  बढि खेति गरिएको छ ।

फुलः-

सिउँडी फलको फुल खान योग्य सेतो बास्ना दार घन्टि तथा फनेल आकारको लगभग १ फिट लामो तथा ९ इन्च फराकिलो हुन्छ त्यसैले यसलाइ विश्वको ठुलो फुल फल्ने विरुवा मध्ये प्रमुख मानिन्छ ।फुलको पोथि अङ्ग  भाले अङ्ग भन्दा लामो हुन्छ र Overy बिचमा हुन्छ वरिपरि धेरै stigma हरु हुन्छन।  फुल फुल्ने टुसा(buds) पलाउनको लागि लामो दिन(long day)को आवस्यकता पर्दछ। भियतनाममा कृतिम लाइटको प्रयोग गरि बेमौसममा पनि फुल फुलाउने  गरिएको पाइएको छ। टुसा पलाउने बेलामा पानिको बिशेष भुमिका हुन्छ पानि कम भएमा टुसा मर्ने फुल झर्ने तथा नबढने हुन्छ। फुल रातमा फुल्छ र करिब ८ घन्टा वा बिहान सम्ममा फल लाग्ने प्रकृया पुरा हुन्छ परागसेचन भएको फुलको तल्लो भाग हरियोमा परिवर्तन हुन्छ र फल लाग्छ परागसेचन नभएको फुलको तल्लो भाग पहिलोनै हुन्छ र ४-७ दिनमा झर्छ। रोपेको १४ महिना पछि बैसाख-जेठ देखि मंसिर पहिलो हत्ता सम्म फुल फल लाग्ने गर्दछ ।प्रति हाँगा फुलको सख्या जात अनुसार H. costaricensis  मा ७-८ वटा तथा H. undatus मा ५-६ फुलहरु लाग्ने गर्दछ्न फुल फुलेको ३-४ हत्तामा फल खान तयार  हुन्छ। यसलाइ कृतिम तरिकाले पनि परागसेचन गर्ने गरिन्छ ।

 फलः-

फल लाम्चो बोक्रा रातो तथा पहेलो रङ्गको हुन्छ,गुदि रातो सेतो कलेजि रङ्ग मुखमा मिल्ने विलाउने गुदी तथा धेरै मात्रामा सानो कालो(तिलको दाना जस्तै) बिउ मिसिएको हुन्छ। फलको बाहिर कल्लाले ढाकिएको हुन्छ यसैले यसलाइ Pitaya(पिताया) पनि भनिन्छ । जात अनुसार परिपक्क फलको तौल १५०- १००० ग्राम सम्मको हुन्छ । पहिलो टिपाइ १५-२० दिन र अन्य टिपाइ २५-३० दिनमा गर्न सकिन्छ ।

पोषक तत्वः-

१०० ग्राम खान योग्य फलमा तपशिलका पोषक तत्वहरु पाइन्छ।

पोषक तत्व मात्रा
पानिको मात्रा ८५.२%
प्रोटिन १.१० mg
चिल्लो पदार्थ ९.५७ mg
रेसा १.३४ mg
कार्बेहाइडेट ११.२ mg
भिटामिन C ३ mg
भिटामिन A  ०.०१ mg
Niacin २.८० mg
क्यासियम १०.२० mg
आइरन ३.३७ mg
म्याग्नेसियम ३८.९० mg
फस्फोरस २७.७५ mg
पोटासियम २७२ mg
सोडियम ८.९ mg
जिङ्क
(श्रोतः- डा. प्रसान्त बेक्सि र मुदबसिर इक्वल)

०.३५ mg

(श्रोतः- डा. प्रसान्त बेक्सि र मुदबसिर इक्वल)

जातहरुः-

बहुदलिय सिउडि प्रजातिको फल हो जसको १२०-२०० जेनेरा र १५००-२००० प्रजातिहरु  लेटिन अमेरिकाको अर्ध मरुभुमि तथा गर्मि ठाँउमा पाइएको छ । २५० प्रजातिहरुले मात्र फल दिने गर्दछन्।ड्राइगन फल धेरै प्रकारका रङ्गका फलहरु पाइन्छन जसमध्ये ३ प्रकारका जातहरुको व्यावसायिक  खेति गरिन्छ।

-हाइलोसिरियस मेजालान्थस(Hylocerous megalanthus)-  यो खालको जातको फलको बाहिरि भाग पहेलो हुन्छ । फलको बाहिरि भागमा काँडा हुने तथा नहुने पनि हुन्छ। गुदि सेतो स-साना कालो बिउ भएको हुन्छ फलको स्वाद किवि तथा खरभुजाको मिश्रीत हुन्छ। यसको खेति कम मात्रामा गरिएको छ ।

-हाइलोसिरियस अन्डाटस(Hylocerous undatus) – यो प्रजातिको फल विश्व बजारमा प्रख्यात छ यसको बाहिरि भाग कलेजि रातो तथा गुदि सेतो तथा प्रसस्त काला बिउहरु भएको हुन्छ ।

 

-हाइलोसिरियस कोस्टारेन्सिस (Hylocerous costaricensis) – यस प्रजातिको फल पनि व्यवसायिक रुपमा धेरै मात्रामा खेति गरिएको छ। यसको बाहिरि भाग र गुदि रातो तथा कलेजि रङ्गको हुन्छ।

 

 

सिउँडी फलको अवस्थाः-

दक्षिण अमेरिकामाका म्यासिको ,कोस्टारिका, इल साल्भाडोरमा पाइएको यस सिउँडि फलको सबैभन्दा वढि उत्पादन तथा निर्यातकर्ताका रुपमा भियतनाम रहेको छ जहाँ ५५००० हेक्टरमा यस्को खेती हुँदै आएको छ। यसै गरी यस्को उत्पादन थाइल्याण्ड, ताईवान, फिलिपिन्स ,मलेशिया, श्रीलङ्का, अष्ट्रेलिया, ईजरायल र दक्षिण अमेरिकाका केहि राष्ट्रहरुमा भईरहेको छ ।भियतनाम≥थाईल्याण्ड≥ ईजरायल क्रमस बदि उत्पादक तथा निर्यातकर्ता राष्ट्रहरु हुन ।हाल छिमेकी राष्ट्रहरु चिन र भारतमा पनि यस्को व्यवसायिक खेती विस्तार भईरहेको छ ।

नेपालमा यो फलको व्यसायिक उत्पादन खासै भएको छैन तसर्थ यसको तथ्याङ्क उपलब्ध छैन । सन् २००२ मा भियत्नाम बाट डा. जगन्नाथ राइले निजि लगानिमा नेपालमा पहिलो पटक सिँउडी पलको सुरुवात गर्नुभएको थियो। हाल यसको खेति काभ्रे, दाङ्ग ,धनकुटा , झापा, मोरङ तिर भइरहेको छ। सुपर फुटको रुपमा चिनिएको यस फलको खेतिमा युवा वर्गहरु तथा व्यवसायिक कृषकहरु दिनानु दिन वढ्दै छन्।

नेपालमा सिउँडी फल खेतिको सम्भावनाः-

-उच्च मुल्य जाने एक उदयमान फल जुन नेपालमा उपलब्ध विविध प्रकारका धरातलिय अवस्था तथा हावापानीमा खेति गर्न सकिने फल भएकाले।

-यसमा धेरै मात्रामा पौष्टिक तत्वहरु हुने भएकाले उसको उपभोग गर्ने मानिसहरु बढदो क्रममा छन् ।

-हाललाई बजारको समस्या नभएको र आयात प्रतिस्थापन गरि निर्यात प्रवर्धन गर्न सकिने तथा कृषकहरुको आर्थिक अवस्थामा छिटो सुधार ल्याउने कृषि उपजको रुपमा लिन सकिन्छ ।

-टिपाइ उप्रान्त पनि उसका विविध प्रकारका उत्पादनहरु बनाउन सकिने भएकाले यसको माग दिन प्रतिदिन बढ्दै गईरहेको छ।

 

हावापानिः-

सामुन्द्रिक सतहदेखी १५०० मी उचाईसम्म खेति गर्न सकिने यो सिउँडी फल उष्ण, उपोष्ण तथा समशितोष्ण हावापानिमा लगाउन सकिने भएतापनि उष्ण हावापानि उत्तम मानिन्छ ।यसको खेतिको लागि तापक्रम २०-३० डिग्रि तथा वर्षा ५००-१५०० मि.मि भएमा वृद्धि र विकास राम्रो हुन्छ ।

प्रशस्त घाम लाग्ने दक्षिणी मोहडा भएको जमिनमा यसको खेति गर्न उपयुक्त मानिन्छ।अत्यन्त्र हावा लाग्ने वाक्लो तुसारो तथा हिउँ पर्ने क्षेत्र यसको लागि उपयुक्त हुदैँन । यसले सुक्खा सहन गर्न सक्छ साथै तिव्र हावा चल्ने स्थानमा हावा अवरोधक रुखहरु लगाउनु पर्दछ ।

माटोः-

प्रशस्त मल भएको बलौटे देखि दोमट  किसिमको माटोमा यसको व्यवसायिक खेति गर्नु राम्रो हुन्छ । माटोको पि.एच ५.५-७ सम्म भएको राम्रो मानिन्छ साथै पानि नजम्ने वा निकासको व्यवस्था मिलाएर मात्र बिरुवा लगाउनु पर्दछ ।

प्रसारणः-

यसको प्रसारण लैङ्गिक तथा वानस्पतिक दुवै तरिकाबाट गर्न सकिन्छ ।बिउ बाट विरुवा उत्पादन गर्दा ढिलोहुने विरुवाको विकास हुन समय लाग्ने तथा माउ बोटको जस्तो हुवहु गुण नआउने भएको हुनाले त्यती उपयुक्त हुँदैन ।वानस्पतिक तरिकामा कटिङ्ग तथा ग्राफ्टिङ्ग विधि उपयुक्त विधि हुन। कटिङ्ग गर्दा फल राम्रो सँग दिइरहेका माउबोटहरु छनोट गरि त्यका हाँगाहरुबाट विरुवा निकाल्नु पर्दछ ।कटिङ्गको लम्बाइ कम्तिमा २०-३० से.मी हुनु पर्दछ कटिङ्ग छिपिएको हाँगाबाट निकाल्नु पर्दछ र यसमा प्रशस्त आँखाहरु भएको स्वस्थ हुनु पर्दछ ।हाँगा काटदा तलको भाग छड्के काट्नु पर्दछ  जस्ले गर्दा जरा आउने भाग वडन जान्छ । माउबोट बाट काटिसकेपछि काटेको ठाँउ पुरिन(Healling) ३-४ दिन छाँया पर्ने स्थानमा राख्नु पर्दछ। काटिसकेपछि माउबोट तथा काटिएको ठाँउमा वोर्डो मिश्रण र पेष्ट लगाउनु पर्दछ ।कटिङ्ग लाइ पोलि व्याग तथा नर्सरि व्याडमा नै सिधै लगाउन सकिन्छ । नियमित सिचाइ गोडमेल तथा नर्सरी व्यवस्थापनका अन्य पक्षलाइ ध्यान दिनु पर्दछ । वढि पानि भएमा जरा कुहिने भएकाले विशेष ध्यान पुर्याउनु पर्दछ । उष्ण हावापानिमा विरुवा रोपेको करिव १४ महिनामा फुल तथा फल लाग्न सुरु हुन्छ र व्यवसायिक उत्पादन ३ वर्ष पछि बाट शुरु हुन्छ ।

 

 

रेखाङ्कन तथा रोपणः-

व्यवसायिक फलफुल खेति गर्ने हो भने दिर्धकालिन सोचाइ राखेर मात्र काम गर्न् पर्दछ । फलफुल खेतिको लागी रेखाङ्कन प्रकिया अत्यन्तै महत्वपुर्ण हुन्छ ।रेखाङ्कन भन्नाले विरुवा कति दुरिमा कहाँ रोप्ने भन्ने ठाँउ किटान गर्ने कार्यलाइ जनाउछ । उपयुक्त तरिकाले रेखाङ्कन गरि विरुवा लगाउन सकेमा बगैचा आकर्षक देखिने साथै अन्तरवालि, गोडमेल, मलजल, काँटछाँट, विषाधि छर्कन, फल टिप्न र बगैँचा व्यवस्थापनका अन्य कार्यहरु गर्न समेत सजिलो हुन्छ।

प्राय सिउँडी फल लाइ वर्गाकार, आयातकार अथवा षड्कोणाकारमा रोप्दा राम्रो हुन्छ तर जग्गा अलिक भिरालो भएको ठाँउमा कन्टुर वनाएर गह्रा कान्ला प्रणालिमा रोप्न सकिन्छ । रेखाङ्कन पछि विरुवा लगाउनु भन्दा दुइ महिना अगाडिनै खाडल खन्नुपर्दछ ।खाडल ६०*६०*६० से.मि लम्बाइ चौडाइ तथा गहिराइको खन्नु पर्दछ ।

सिउँडी फल लगाउने दुरि र समयः-

सिउँडी फल लहरे प्रजातिको फल भएकाले यसलाइ सपोटको आवस्यकता पर्दछ जसको लागि काठको खम्वा, सिमेन्टको पोल, पखाल, बार आदि सपोटको आवस्यकता पर्दछ।  विरुवा देखि विरुवा रोप्ने दुरि त्यसमा लगाउने सपोटको प्रकारको आधारमा निर्धारण हुन्छ ।  यदि ठाडो सपोट(vertical) को हकमा २ मि. विरुवा देखि विरुवा र ३ मि हार देखि हार राखिन्छ जसमा प्रति पोल ३ वटा विरुवा लगाउदा २०००-३७५० विरुवा प्रति हेक्टर आवस्यक पर्दछ । तेर्सो सपोट(horizontal)  उच्च घन्त्वमा बिरुवा लगाउन सकिन्छ जसमा ५०- ७५ से.मी को फरकमा बिरुवा लगाइने गरिन्छ यो तरिकाले विरुवा लगाउदा ६५०० कटिङ्ग प्रति हेक्टर आवस्यक हुन्छ । सपोटको उचाइ लगभग ठाडो सपोट लाइ १.४- १.६ मि र तेर्सो सपोटको लागि १–१.२ मि हुनु उपयुक्त हुन्छ ।  लगाउने समय प्राय ठाँउ अनुसार फरक पर्दछ तर प्रायजसो यस फलको रोपण वर्षायाम शुरुहुने वेला (जेठ/ असार) मा उपयुक्त हुन्छ।सिचाइको एथेष्ट सुविधा भएको ठाँउमा विरुवा पोलि पटमा छ भने फाल्गुन/ चैत्रमा पनि लगाउन सकिन्छ ।

Vertical support

Horizontal Support

गोडमेल तथा मलखादः-

साधारणतथा कलमि सिउँडि फल रोपेको १४ महिना देखि फुल फुल्न थाल्दछ तर व्यवसायिक रुपमा तेश्रो वर्ष देखि राम्रो फल दिन थाल्दछ । मलखाद तथा खाधतत्व दिने कुरा माटोको मलिलोपना प्रकार तथा गुणस्तरमा निर्भर गर्ने कुरा भएता पनि फल टिपे पश्चात गोडमेल गर्दा १०-१५ के.जि कम्पोष्ट मल ७० ग्राम नाइट्रोजन ९० ग्राम फस्फोरस ४० ग्राम पोटास प्रति वर्ष प्रति बोट दिनु पर्दछ । कम्पोष्ट मल प्रति वर्ष २ के.जि को दरले बढाउँदै लगेर २० के.जि/वर्ष/वोट सम्म हाल्न सकिन्छ। मल हाल्दा बोटको वरिपरि लगाइ हल्का खनजोत तथा छापो लगाउन सकिन्छ ।

तालिम तथा काँटछाँटः-

गर्मि समयमा यस्को वृद्धि विकास अत्यन्त छिटो हुन्छ भने जाडो समयमा धेरै सुख्खा मौसम र चिसो हावापानी भएको ठाँउमा केहि ढिलो वढ्दछ। बगैचा व्यवस्थापना गर्दा जति पनि हाँगाहरु आउछन तिनिहरुलाइ माथी बढ्ने सपोटको आधारमा हुन्छ ।जमिनको सतहतिर गएका हाँगाहरु लाइ माटोले क्षति पुर्याउने भएकाले हटाउनु पर्दछ । दाँयावाँया फैलिएका तथा तल जमिन तिर फर्किएका रोगि र अनावश्यक हाँगाहरुलाइ हटाउदै एउटा हाँगालाइ मात्र खम्वामा जाने गरी व्यवस्था मिलाउने । मुख्य रुपमा रोपेको वर्ष धेरै काँटछाँटको आवस्यकता पर्दछ ।यसमा गरिने काँटछाँट तथा तालिम जात बगैचा व्यवस्थापन र सपोट सिस्टममा निर्भर गर्दछ। हरेक टिपाइ पश्चातको तालिम तथा काँटछाट अत्यन्त महत्वपुर्ण हुन्छ । यस्ले नयाँ मुना र हाँगाहरु पलाउनका साथै अर्को वर्ष फुलर फल फल्ने प्रकृयामा सकारात्मक असर पार्दछ ।

अनावश्यक हाँगाहरु नियमित हटाउने र २-३ वटा मुख्य हाँगाहरुमात्र माथि जानेगरी वढ्न दिनु पर्दछ । पोलको माथि टायर अथवा कुनै घुमाउरो/ चारपाटे सपोट राखेर फुल फुल्ने र फल फल्ने हाँगाहरु फैलन सहजहुने वातावरण मिलाउनु पर्दछ।यसको लागि सपोट चाहिने भएकाले रोप्नु अगावै काठ/ सिमेन्टको चार पाटा परेको खामो करिव २ फिट गाडेर राख्नु पर्दछ ।विरुवा रोप्दा उत्त खम्वाको दुई तर्फ वा चार तर्फ लगायन सकिन्छ । काठको भन्दा सिमेन्टको खम्वा टिकाउ हुने भएकाले यसको प्रयोग गर्नु राम्रो मानिन्छ ।खम्वामा सजिलै सँग जाओस भन्नको लागि डोरी तथा सुतलिले वोट लाइ खम्वामा बाँधनुपर्छ ।

सिउडी फलको टिपाइ र उत्पादनः-

काँचो फलको वोक्रा हरियो रङ्गको हुन्छ भने पाकेका सिउँडी फलहरु जात अनुसार कुनै राता त कुनै पहेला हुन्छन ।यसरि फलको रङ्ग हरियो वाट रातो तथा पंहेलोमा परिवर्तन हुन थालेको ४-५ दिनमा फल टिप्नको लागि तयार हुन्छ ।फल पाकेको थाहा भए पछी सिकेचरको प्रयोग गरी हातले एक एक गर्दै टिप्नु पर्दछ। फल सुरक्षित साथ राख्नु पर्दछ।

उत्पादन सम्रग वगैचा व्यवस्थापन प्रति इकाइ विरुवा संख्या जात तथा हावापानिमा भर पर्ने कुरा हो । साधारण तया १०-३० मे.टन/ हेक्टर उत्पादन सजिलैसँग लिन सकिन्छ ।फल नरम  हुने भएकाले सावधानि पुर्वक ग्रेडिङ्ग, प्याकेजिङ्ग ,भण्डारण तथा बजारिकरण गर्नु पर्दछ । यो फल टिपे पश्चात पाक्ने प्रकृतिको( climacteric nature) फल भएकाले न्युन तापक्रम ४.५- १२.८ डिग्रि सेन्टग्रेडमा २ हत्ता सम्म सजिलै भण्डारण गर्न सकिन्छ  तापक्रम सारै कम भएमा फलमा असर पर्न सक्छ ।

सिउँडी फलमा लाग्ने मुख्य मुख्य कीराहरु/ रोगहरु र तिनको व्यस्थापनः-

साधारणतया सिउँडी फलमा रोग तथा किराहरुको खासै समस्या देखिएको छैन । तर ढुसिवाट लाग्ने केहि रोगहरुले आक्रमण गरेको पाइन्छ । केही कमिला लाहि तथा कत्ले किश्राहरुले नयाँ कलिला भागहरु र फुलमा असर पर्ने गरेको देखिन्छ । कतिपय ठाँउमा औसा पार्ने किरा मुसा तथा चराहरुले फुल फलहरु खाएर क्षती गर्ने गरेको पाइन्छ ।यस्ता रोग तथा किराहरुको नियन्त्रण गर्नको लागि नियमित रुपमा वगैचा निरिक्षण गरि सरसफाइ गर्ने शुरुको चरणमा रोग तथा किरा देखिएमा हातले टिपेर फाल्ने गुणस्तरिय विरुवा लगाउने तथा रोग पहिचान गरि विषादिको प्रयोग गरि सजिलैसँग व्यस्थापन गर्न सकिन्छ।

1.  डाँठ कुहिने रोगः-

यो रोग Xanthomonas compestris ,Erwinia caratovera  र Fusarium oxysporium  आदिले गर्दा हुने रोग हो । यो रोग हाँगा र लहरा हरुमा चोट पटक लागेमा फैलिन्छ। शुरुमा पानिले भिजे जस्तो हुन्छ र पछि रोगि भाग पहेलो भए कुहिन्छ र बोट मर्छ ।

समाधानः-

-स्वास्थ्य  माउबोट बाट मात्र कटिङ्ग राख्ने

-पानिको निकासको राम्रो प्रवन्ध गर्ने

-रोग नियन्त्रणको लागि कपर भएका ढुसिनासक विषादीहरु प्रयोग गर्ने ।

 

 

 

2. एन्थ्राक्नोजः-

यो रोग Collectotrichum gloesperoides  भन्ने ढुसिवाट लाग्दछ । यसले हाँगा लहरा तथा फल सबै ठाँउमा क्षती पुर्याउन सक्दछ । यो रोग सापेक्षित आद्रता र तापक्रम वढि भएको समयमा वढि देखिन्छ । आँखा आकारका गोलाकार तथा लाम्चा थोप्लाहरु देखिन्छ ।

समाधानः-

-बगैचा सफा सुघर राख्ने

-रोग देखिएमा म्यान्कोजेव ,मेटलाक्जिल भएका ढुसिनासक विषादिहरु प्रयोग गर्ने गर्नु पर्दछ ।

 

औँसा पार्ने किराः-

यो कीराको पोथिले फलमा फुल पार्छ र त्यसवाट औसाहरु निस्किएर भित्रको गुदि खाने र फललाइ विगारिदिन्छ । उसको नियन्त्रणको लागि फललाइ व्याग लगाउने मोहनि पासोको प्रयोग गर्ने तथा बगैँचा सरसफाइको कार्य गर्ने गर्नु पर्दछ ।

लेखक सुन्दरहरैचा नगरपालिकामा कार्यरत छन

प्रतिक्रिया लेख्नुहोस्