असोज ६, याङ्वरकफोकस । मुन्धुमी गायक ब्रबिन सेर्मा’चेसुङ’ र गायिका सीता सिङ्घककाे ‘ज्यानै हाजिर भाे’ गीतकाे म्यूजिक भिडीयाे सार्वजनिक गरिएकाे छ । मदन पुरस्कार विजेता कवि राजन मुकारुङको शब्द/संगीत रहेकाे गीतकाे भिडीयाे ओरिजिन नेपाल नामक युट्युब च्यानलबाट साेमबार सार्वजनिक गरिएकाे हाे ।

मन देखी लगाएको माया कति अमर हुन्छ भन्ने आसय बाेकेकाे भिडियोमा विगतका दिनहरुलाई सम्झी प्रदेश गएको प्रेमी आउने बाटो हेर्दाहेर्दा बर्षौ बितेको तर माया कहिले नघटेको कुरा देख्न सकिन्छ । भिडियोमा प्रेमको परिभाषा के हो भन्ने देखाउन खोजिएको छ । भिडियोलाई पाँचथरकाे लब्रेकुटी आसपासका क्षेत्रमा भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन् । मोडल इक्सा मादेन, पुष्पा लिम्बु र गायक सेर्माकाे मुख्य भुमिका रहेकाे गीतिभिडीयाेकाे निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् ।

“ज्यानै हाजिर भो” भिडियो

प्रतिक्रिया लेख्नुहोस्