असोज ६, याङ्वरकफोकस । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाकाे निधन भएकाे छ । साेलुखुम्बु थामे गाउँमा जन्मिएका सेर्पाकाे ७२ वर्षकाे उमेरमा सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हाे ।

मृतक शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो। शेर्पाले सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु साथै नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौँ हिमाल पटकपटक आरोहण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्