असोज ७, याङ्वरकफोकस । मोरङको पथरीशनिश्वरेका ४८ बर्षिय अमित राई(जन्तरे मामा)को दोस्रो गीत ‘कोपिला जस्तो जोवन’ सार्वजनिक भएकाे छ । मंगबार बेलुकी युवामन नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हाे ।
कृष्ण उदासीको शब्द रहेको गीतमा गायिका एलिना चौहानले पनि साथ दिएकी छिन् । बादल लिम्बुकाे संगीत रहेकाे गीतिभिडीयाेकाे विबेक हिङमाङ्गले निर्देशन गरेका हुन् । पछिल्लो समय जन्तरे मामालाई स्वर सम्राट नारायण गोपालको आवाजसंग मिल्दोजुल्दो भनी तुलना गरिदै आएकाे छ ।
‘कोपिला जस्तो जोवन’ भिडियो https://youtu.be/EqydqPXhQtU
thank you