असोज ८, याङ्वरकफोकस । पाँचथरकाे हिलिहाङ गाँउपालिका ३ र ४ मा रहेको मिलुङ झरनामा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न तयार पारिएकाे गीत ‘मिलुङ झरनाकाे शिर’ सार्वजनिक गरिएकाे छ । योगेन्द्र योङ्हाङको शब्द तथा गायक बुद्धमान तामाङकाे स्वरमा रहेकाे गीत मेराे काेशेली नामक युट्युब च्यानलबाट बुधवार सार्वजनिक गरिएकाे हाे ।

हिलिहाङ गाउँपालिकाको सेरोफेरोमा र मिलुङ झरनाको बारेमा तयार गरिएको उक्त गीतमा अमर राईले संगीत भरेका छन् । रणदिप भुजेलले एरेन्जमा यस गीतको रेकर्डिङ मलेसियामा भएको हाे ।

‘मिलुङ झरनाको शिर’ भिडियो

 

प्रतिक्रिया लेख्नुहोस्