असोज ८, याङवरक । पाँचथरकाे याङवरक-५ दारिम्बामा एउटा शव भेटिएकाे छ । बिहीवार दिउसाे ३ बजेतिर दारिम्बाकाे चमाखु जाने बाटोमा पर्ने चिन्डे खोलामा एक अधबैसे पुरुषको शव भेटिएकाे हाे ।

खोलामा स्थानीयले आधा डुबेको शव देखे पछि थर्पु प्रहरीलाई खबर गरेका थिए । केही स्थानियहरुले उत्त शव नागी ६ का बलबहादुर माङ्युङ्को बताएकाछन ।प्रहरी अहिले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेकाे तथा बिस्तृत जानकारी अनुसन्धान पछि प्राप्त हुने स्थानीय अपिल सुन्दासले जानकारी दिएका छन् ।

तस्बिर: अपिल सुन्दास
तस्बिर : अपिल सुन्दास

प्रतिक्रिया लेख्नुहोस्