असोज १०, याङ्वरकफोकस । गायक साक्थिम योङ्याको म्युजिक नेपालकाे युट्युब च्यानलबाट हटाईएकाे म्युजिक भिडीयाेलाई पुन:सार्वजनिक गरिएकाे छ । याेङ्याकाे ‘ख्याल ख्यालैमा’ बाेलकाे गीतकाे भिडियाेलाई म्युजिक नेपालले हटाएपछि पर्फमिङ्ग आर्ट क्रिएशन प्रालिकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।

यस विषयमा प्रतिक्रिया दिदै गायक याेङ्याले आफ्नो सिर्जना माथि एलेक्ट्रोनिक आतङ्क भएको बताए । याेङ्याले याङवरकफाेकससंगकाे कुराकानीमा सिआरबिटि र पिआरबिटिमा सम्झौता नमिलेपछि उक्त गीतलाई म्युजिक नेपालले आफ्नाे युट्युब च्यानलबाट हटाएको बताएका छन् ।

कमानध्वोज लावतीको शब्द रहेको गीतमा योङ्यालेनै संगीत भरेका हुन् । कमल मगरको निर्देशन तथा सम्पादनमा बनेकाे भिडियाेलाई निरोज श्रेष्ठले छायांकन गरेका छन् । भिडियोमा श्रद्धा काम्बाङ र मनिसको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

“ख्याल ख्यालैमा” भिडियो

 

प्रतिक्रिया लेख्नुहोस्