असोज १०, याङ्वरकफोकस । झापाको अर्जुनधारा-५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विर बहादुर दनुवार र २७ बर्षिय टिकाराम दनुवार रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाे छ।

शनिवार बिहान आठ बजे तिर उनिहरुले गोरु काटेर खाएको र गोरुको टाँउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय झापाका अनुसार उनिहरुले गाडेको गोरुको टाँउको र खुट्टा समेत फेला पारीएकाे र पक्राउ परेका तीनै जनालाई कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्