असोज १४, याङ्वरकफोकस

मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा माेरङका ४४ बर्षिय डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठ पक्राउ परेका छन्।

मोरङ सुन्दरपुर-५ स्थायी घर भएका श्रेष्ठले
मलेसियामा एक नेपाली नागरिकलाई बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले श्रेष्ठलाई मंगलबार काठमाडौंको कान्ती बाल अस्पताल नजिक बा १४ च २११२ नम्बरको जिपबाट पक्राउ गरेको छ।

दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी सात दिन सम्म बन्धक बनाएको र फिरौती रकम हिमालयन बैंकको खातामा ६० हजार रिङ्गिट हालेमा मात्र रैदासको ज्यान रहने भन्दै धम्की दिएको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले बताएका छन्।

मलेसियाको टप ग्लोभ कम्पनीमा ‘नेपाल कर्नर क्यान्टिन’ का सञ्चालक श्रेष्ठ, श्रीमती धनमाया श्रेष्ठ र ड्राइभर श्याम नेपालीको सहयोगमा रैदासलाई अपहरण गरिएको र फिरौती रकम मागेको भनी पीडितकी श्रीमतीले जाहेरी दिइएको आधारमा पक्राउ गरिएको भनी एसपी पाण्डेले जानकारी दिएका छन्।

श्रेष्ठले मलेसियामा अन्य नेपाली कामदार हरु लाई समेत धम्की दिएको र कुटपिट गरेको खुल्न आएको प्रहरीले बताएको छ। अन्य अपराध समेत गरेको हुनसक्ने देखिएको ले अनुसन्धान भइरहेको एसपी पाण्डेले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्