असोज १७, याङ्वरकफोकस

प्रदेश-१ का मन्त्रीहरुसंग मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन सम्झौता गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले कार्यसम्पादन सम्झौता गरेका छन्। अन्य मन्त्रीहरूले सोमबार सम्झौता गर्ने कार्यक्रम रहेको छ।

मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंगले काम गर्न सजिलो हुने र जेठ मसान्तभित्र कार्यक्रम कार्यान्वयन एवं बजेट खर्च गरिसक्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सम्झौता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्