असोज १७, याङ्वरकफोकस

पान्थरको फेदेनमा सांस्कृतिक उत्थानका निम्ति नागरिक सचेतना अभियान २०७७ अन्तर्गत शनिबार बाट केलाङ् ( च्याब्रुङ नाच) प्रशिक्षण क्रार्यक्रम सुरुवात भएको छ।

लिम्बु विद्यार्थी मञ्च द्वारा आयोजना र केलाङ् सांस्कृतिक समाज पान्थर फेदेन को सहकार्य मा आदिवासी जनजातिको भवनमा प्रशिक्षण कार्यक्रम गरिएको छ।

लिम्बु विद्यार्थी मञ्च जिल्ला कमिटी सदस्य प्रिय योङ्हाङ ले “के” बजाएर उट्घाटन गरेका थिए भने जिल्ला कमिटी सदस्य शिला लावती ले दियोगलास बाली कार्यक्रम उद्घाटन गरिएको थियो।

जिल्ला कमिटी सदस्य चित्रकला हाङ्सरुम्बा सहित विभिन्न गाउँपालिकाका विद्यार्थी हरु प्रशिक्षण कार्यक्रममा सहभागिता भएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरु लाई जोनाहाङ केरुङ ले प्रशिक्षण गराउने छन्।

केला:ङ् प्रशिक्षण गराउदै जोनाहाङ केरुङ

कार्यक्रम मा केलाङ् सांस्कृतिक समाज पान्थर जिल्ला अध्यक्ष मन कुमार केरुङले केलाङ् संग लिम्बुहरुको सम्बन्ध बारे चर्चा गर्दै शुभकामना दिएका थिए।

लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष युन्छोहाङ आङ्देम्बेले कार्यक्रम समापन गरेका थिए र शनिबार बाट सुरुवात भएको प्रशिक्षण निरन्तर चलिरहने भनी अध्यक्ष आङ्देम्बे ले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्