नारी सुरक्षाको ऐन खोजी रहेछु (कविता)

✍️ लिला सेलिङ माबो

मेरो देशको मुलुकी ऐेन जसले
तोकेको छ पशु करणीको सजाय
ठुलै अपराध ठहर गरि
१ वर्ष २ वर्ष अनि १० हजार र २०हजार तर

मेरो देशको निर्मला
जसको करणी मात्रै हैन विभत्स
हत्या हुन्छ पाउदिनन् न्याय किनकी
उनी पशु हुन् मान्छे हैन।
दरिद्र मानसिकताको सरकार!
पशुलाई मान्छे मान्छेलाई पशु देख्छ।

बलत्कारी पालेर
लोकतान्त्रिक समावेशीको
बहाना भित्र नारीलाई धातु सरह
पुरुषत्वको प्रयोग सालामा
कहिले सम्म राख्छौ सरकार?

नारकीय अपराधीले पनि
क्षणमै मुक्ति पाउने तिम्रो एेनमा
निर्मलाहरुले न्याय पाउने दफा छ कि छैन?
छौपडी गोठको के कुरा
क्वारेन्टाइनमा पनि लुटिन्छन् निर्मलाहरु
फरक छ त केवल नाम!
एक पटक विश्व उत्क्रुस्ट नेपाली एेन पढेरै भए पनि
भन् सरकार
नारीहरुले मानव सरह सुरक्षा कहिले अनि कहाँ पाउने?!

1 COMMENT

  1. सटिक काव्यात्मक अभिव्यक्ति ठुली। जारी रहोस् काव्य यात्रा

प्रतिक्रिया लेख्नुहोस्