असोज १७, याङ्वरकफोकस

नेपाली काङ्ग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय समितिको बैठकका लागी असोज १५ गते गरिएको पीसीआर परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हाे ।

थापाले आफूलाई कोरोना संक्रमण भएको र अवस्था सामान्य रहेको आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । थापाले अहिले आफू घरकै आइसोलेसनमा रहेको र सबैलाई सजगता अपनाउन आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्