असोज १८, याङ्वरकफोकस । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई स्वास्थ्य लाभको सन्देश पठाएकी छिन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । राष्ट्रपति भण्डारीले उक्त सन्देश शनिबार पठाएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। राष्ट्रपति भण्डारीले कोरोना महामारीको बेलामा स्वास्थ्य, कल्याण र अर्थ व्यवस्थालाई जोगाउन ठोस कार्यको महत्वमा जोड दिएकी छिन् ।

प्रतिक्रिया लेख्नुहोस्