धान : धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ‘ओरिजा सेटिभा’ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ।
हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धान अन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ ।

संसार भरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ ।

भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।

धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् । सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको सुरुवात भयो ।

भारतकाे हस्तिनापुर(उत्तर प्रदेश)मा उत्खनन(१०००-७५० इसापूर्व)को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो ।

जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो ।

जंगली धान पहिला बङ्गलादेश, आसाम, उडिसा र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ। पश्चिम र उत्तर अफ्रिका(इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो ।

त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका अनि स्पेन, इटाली र फ्रान्स जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।