असोज १८, याङ्वरकफोकस । संघीय युवा मञ्च जिल्ला कार्यसमिति पाँचथरद्वारा आयाेजित एकदिने सांगठनिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार फेदेन बजारस्थित चुम्लुङ्हिमको सभाहलमा सम्पन्न भएकाे हाे ।

प्रशिक्षणमा बौद्धिक युवा नेता तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ्ले सहजीकरण गरेका थिए ।

जिल्ला कार्यसमितिका २७ जना सहभागी प्रशिक्षण कार्यक्रममा संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति पाँचथरका अध्यक्ष सागर केरुङ लगायतले मन्तव्य राखेका थिए ।

संगठनको दार्शनिक, सांगठनिक तथा आगामी आन्दोलन बारे प्रशिक्षण आयोजना गरिएको कार्यवाहक जिल्ला अध्यक्ष आधार घिमिरेले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्