असोज १९, याङ्वरकफोकस

गएराती आइतबार भएको प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको मैदानमा टोटनहामले फराकिलो जित निकालेको छ।

खेलको २९ औँ सेकेन्डमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको चौथो मिनेटमा नै टोटनहमका टांगी एन्डोम्बेलेले खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि पुनः टोटेनहमका ह्यारी केनको पासमा कोरियाली फरवार्ड ह्युङ मिन सनले सहजै गोल गरे ।

खेलको २८ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भएको थियो। युनाइटेडल मार्सियलले टोटनहमका लामेलामाथी हात उठाएपछि रेफ्रीले रातो कार्ड दिए। लगत्तै त्यसको दुई मिनेटमा सनको क्रसमा केनले गोल गर्दै ३-१ बनाए । ३७ औं मिनेटमा सनले सर्ज औरीएरको पासमा गोल गर्दै ४-१ को अग्रता दिलाए। दोस्रो हाफको ५१ औं मिनेटमा टोटनहमका पिएर एमिल होएबिएरको पासलाई सर्ज औरीएरले गोल गर्दै ५-१ को अग्रता बनाए। ७९ औं मिनेटमा पोग्बाले बेन डेभिसलाई लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्दै ६-१ को गोल अन्तरमा टोटनहम ले युनाइटेड लाई पराजित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्