असोज २१, याङ्वरकफोकस

प्रदेश-५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइको बहुमतले पारित भएको छ ।

प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ। प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारकाे मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका हुन् ।

संविधानअनुसार दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो ।  – रासस

प्रतिक्रिया लेख्नुहोस्