असोज २२, याङ्वरकफोकस

ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपाल द्वारा बिओपी स्थापना भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थितिमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले बताएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङको मातहतमा स्थापना भएको बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका काम कारबाहीमा परिचालित हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्