असोज २२, याङ्वरकफोकस

कर्णाली एचडी युट्युब च्यानलका सञ्चालक व्यक्तिको चरीत्रहत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

जुम्ला कनकासुन्दरी गाउँपालिका ७ का पसल रोकायालाई पक्राउ गरीएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ।

रोकायाले कर्णाली एचडी युट्युब च्यानल, फेसबुक पेज, कर्णाली आवाज डटकम वेबसाइट बाट विभिन्न व्यक्तिहरु को चरीत्रहत्या गरेको र सीटीईभीटी तथा नर्सिङ काउन्सिलको परीक्षा तथा लोक सेवा परीक्षामा पास गराइदिने नाममा रकम समेत ठगी गरेको अभियोगमा पक्राउ गरिएको भनी महानगरीय प्रहरी परिसर काठमाडौ ले बताएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौ ले रोकायालाई साइबर अपराधको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्