सायद मैले कविता लेख्दिन थिए हुला (कविता )     

✍️ सुजन सेलिङ

आमाको चोली नफाटेको भए
बाबाको घुडा नटालेको भए
साहुले गोठबाट हलगोरु र लैनो भैंसी ब्याजमा नतानेको भए
फाटेको लुगा र चुटेको चप्पल लगाएर स्कुल नगएको भए
हाम्रो टारबारी बन्दकीमा नपरेको भए
सायद मैले कविता लेख्दिन थिए हुला ।

परदेश हिड्न लाग्दा प्रियसीले आंशु नझारेको भए
सानी छोरी र सानो छोराले म पनि जाने भन्दै नरोएको भए
साहुको रिण तिर्न अरब नछिरेको भए
अरबको तातो घाममा पसिना नबगाएको भए
अर्काको माटोमा तेस्रो दर्जाको मान्छे नबनेको भए
स्वाभिमान अरबमा बन्दक् नपरेको भए
मायालुहरुलाइ सम्झेर बिरह नचलेको भए
अरबमै हुदा आमा बुबा र आफन्तहरु नगुमाएको भए
सायद मैले कविता लेख्दिन थिए हुला ।

असमानता, अपहेलना र बिबेध सहन नपरेको भए
भ्रस्टचारी, घुशखोरी र जनतामाराहरुले देश नचलाएको भए
आन्दोलन्, युद्ध र लडाइ खेप्न नपरेको भए
धनी र गरिबको सिमा नकोरीएको भए
सायद मैले कविता लेख्दिन थिए हुला ।

आमाको मायाले
बाबाको मायाले
प्रीयसीको सम्झनाले
बालबच्चाको आंशुले
साहुको रिणले
परदेशको दुखले
अरबको तातो घामले
गरिबि र अभावले
अन्याय र अत्यचारले
कविता लेख्न बिवश बनायो

मैले कविता लेखे/लेखिरहन्छु ।

#########

प्रतिक्रिया लेख्नुहोस्